गण्डकीसमाचार

३० बर्षको पार्टीगत राजनीती छाडेर स्वतन्त्र बने भुपेन्द्र गिरी

पोखरा, २७ कात्तिक । “मेरो बुवा फलानो पार्टीमा भएकोले म यो पार्टीमा लागे अथवा मेरो त हजुर बा नै त्यो पार्टीको हो हामि पनि त्यहि हो” यो नेपाली राजनैतीक संस्कार हो ।

तर यसलाई उल्ट्याएका छन् समाजसेवी भुपेन्द्र गिरीले पुराना भनेका दलहरुबाट दशकौ सम्म पनी अपेक्षाकृत नतिजा आउन नसकेकोले यस पालीको निर्वाचनमा आफ्नै छोरा स्वतन्त्र उमेदवार ऋगेन्द्र नेपाली गिरी लाई समर्थन गर्ने भएका छन् ।

कास्की क्षेत्र नम्बर दुईका प्रतिनिधी सभा सदस्य स्वतन्त्र उमेदबार ऋगेन्द्र नेपाली गिरीले बिभिन्न ब्यक्ती, समुह तथा पार्टीहरुको समर्थन पाउने क्रम बढीरहेको छ । यसै क्रममा चार दशक देखी कम्युनिष्ट राजनीतीसँग जोडिएका पोखरा ७ निवासी सामाजिक ब्यक्तित्व भुपेन्द्र गिरीले आफु स्वतन्त्र भएको घोषणा गरेका छन् । गिरी नेकपा एमालेमा सक्रीय थिए ।

शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलन कार्यक्रम मार्फत गिरीले सो घोषणा गरेका हुन् । ‘परिवर्तन गर्न चाहने हो भने ५ बर्ष नै काफी हो तर ५० औं बर्ष सम्म पनी जस्ताको तस्तै छ’ गिरीले कार्यक्रममा सम्बोधनका क्रममा भने । त्यस्तै बृद्द भएर पनी कुर्ची नछाड्ने परीपाटीको समेत अन्त्य हुनुपर्ने उनले बताए ।

राजनैतीक दलहरुको अराजनैतीक ब्यबहार लाई खबरदारी गर्नको लागी पनि अहिले स्वतन्त्र उमेदवार को जीत आवश्यक भएको उनले बताए । ‘जनमुखी योजना सहीतको युवा नेतृत्व लाई जनताले कुरिरहेकाले अब युवा शक्ती तयार हुनु पर्छ’ उनेले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button