
सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् ।
गत २०६१ सालमा भएको सवारी ज्यान मुद्दामा दोषी ठहर भएका नुम बहादुर गुरूङलाई प्रहरीले १३ गते बिहीबार पक्राउ गरेको हो । तनहुँ शुक्लागण्डकी नगरपालिका-१२ लिलाचोक घर भएका ५१ वर्षीय गुरुङलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
गुरुङलाई पक्राउ गरि प्रहरीले अदालतमा उपस्थिति गराएको छ ।