कास्कीगण्डकीसमाचार

मानव सेवा आश्रममा बस्दै आएकी ठकुरीको मृत्यु

पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रममा बस्दै आएकी एक महिलाको मृत्यु भएको छ ।

आज बिहान करिब ११ बजे कास्की महतगौंडा घर भएकी लक्ष्मी शाही ठकुरीको आश्रममा मृत्यु भएको हो । ४७ वर्षीया ठकुरी आफू सुत्दै आएको खाटमा नै मृत फेला परेको प्रहरीले जनाएको छ । मृत्युको कारण भने पत्ता लागिसकेको छैन ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button