मोलुङ हाइड्रो कम्पनी लिमिटेडको साधारण सेयर बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा शुक्रबार बिहान एक कार्यक्रमबीच आइपिओ बाँडफाँड कार्यक्रम गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित २२ लाख ६४ हजार ६५५ कित्ता सेयर फागुन ४ देखि १० गतेसम्मका लागि बिक्री खुला गरेको थियो । आइपिओमा करिब ६ गुणा भन्दा बढी अर्थात १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताको माग आवेदन परेको थियो । १४ लाख भन्दा बढीले माग गरेपनि कूल आवेदकमध्ये ७ हजार ५ जनाको आवेदन अस्वीकृत भएको थियो ।
बाँडफाँडबाट भाग्यमानी २ लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने पाँच जनाले थप एक गरि ११ कित्ता सेयर पाएका छन् । आइपिओको नतिजा सिडिएससीको वेबसाईटमा हेर्न सकिनेछ ।