
दूधको मूल्य प्रतिलिटर नौ रुपैयाँले महङ्गो भएको छ । सरकारले आज बसेको मन्त्रीपरिषद् बैठकमार्फत दूधको मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।
यससँगै अब दूधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ पुगेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि दूधको मूल्य बढाउने प्रस्ताव गरेको थियो ।