विश्वसमाचार

खुद्रा ग्राहकबाट हुने चोरी बढेपछी अस्ट्रेलियाका सुपरमार्केट समस्यामा

खुद्रा ग्राहकबाट हुने चोरी रेकर्ड दरमा बढेपछि अस्ट्रेलियाका सुपरमार्केट समस्यामा परेका छन् ।

त्यहाँको सरकारको तथ्यांक अनुसार न्यु साउथ वेल्समा यस्ता चोरीका घटना २३.७ प्रतिशतले बढेको छ । अस्ट्रेलियाको कुल जनसंख्याको एक तिहाई बस्ने न्यु साउथ वेल्सका पसलमा चोरीका घटनामा अत्यधिक वृद्धि भए पछि त्यहाँका वुल्सवर्थ र कोल्स ग्रुप जस्ता ठूला सपिङ स्टोरलाई कठिनाई सामना गर्नु परेको छ । चोरीका घटना सँगसँगै आपूर्तिको खर्चमा अत्यधिक वृद्धि हुँदा यी सपिङ स्टोरको नाफामा ठूलो गिरावट आउनसक्ने जनाइएको छ ।

वुल्सवर्थ र कोल्सले मात्रै अस्ट्रेलियाको किराना सामाग्रीको व्यापारको दुई तिहाई हिस्सा ओगट्दछन् । निकै कम मार्जिन राखेर व्यापार गर्ने हुँदा चोरीका घटनाले समग्र व्यापारमा उल्लेख्य क्षति हुने जानकारहरु बताउँदछन् । अस्ट्रेलियामा मुद्रास्फीति अत्यधिक बढ्दा त्यससँगै चोरीका घटना बढ्ने पुगेको विश्लेषकहरुको दाबी छ । जनवरी अस्ट्रेलियामा बेरोजगारीको दर पनि गत मे महिना पछिकै उच्च रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button