Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»आर्थिक»कास्कीका पालिकाहरूको वित्तिय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्वजनिक

    कास्कीका पालिकाहरूको वित्तिय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्वजनिक

    गण्डकी खबरगण्डकी खबर२६ फाल्गुन २०७९, शुक्रबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    कास्कीका पालिकाहरूको वित्तिय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्वजनिक गरिएको छ ।

    जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०७८-२०७९को कास्कीका पालिकाहरूको बित्तिय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्बजनिक गरेको हो । नतिजा अनुसार अन्नपूर्ण गाउँपालिकाले ७०,रुपागाउँपलिकाले ६४.५ ,माछापुच्छ्रे गाउँपालिकाले ५४,मादी गाउँपालिकाले ५३ र पोखरा महानगरपालिकाले ४३ अङ्क प्राप्त गरेका छन् ।

    गत सोमबार एक विशेष सार्वजनिकिकरण कार्यक्रमको आयोजना गरि सो नतिजा सार्बजनिक गरिएको थियो । सो मुल्यांकनको कार्यविधि अनुसार विभिन्न ११८ वटा सुचकलाइ आधार बनाएर कुल १०० पुर्णाङ्कमा मुल्यांकन गरिएको थियो । सार्वजनिकिकरण कार्यक्रम लगत्तै आयोजित समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नेपालमा नै पहिलो पटक औपचारिक कार्यक्रम आयोजना गरेर नतिजा सार्बजनिक गरिएको भन्दै सबै क्षेत्रमा कास्कीका पालिकाहरूको कार्य सम्पादनको स्तर वृद्धिमा ध्यान केन्द्रित गर्न आग्रह गरे ।

    पौडेलले समृद्ध कास्कीका लागि सबै राजनितीक दल ,जनप्रतिनिधि र कर्मचारीहरूको बराबर भुमिका रहने हुँदा युद्धस्तरमा वित्तीय सुशासनका काममा खटिन आग्रह गरे ।
    समीक्षा कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे , मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकीका उप सचिव रमेश घर्ती, प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय गण्डकीका प्रमुख किशोरकुमार श्रेष्ठ ,कोष तथा लेखा नियन्त्रण कार्यालय कास्की प्रमुख केशवराज ढकाल सहित जिल्ला समन्वय अधिकारी नबराज बराल , माछापुच्छ्रे गाउँपालिकाकी उपप्रमुख सीता अधिकारीलगायतले बित्तिय सुशासनका बिना सुशासनको कल्पना पनि गर्न नसकिने बताएका थिए ।

    उनीहरुले सुशासन विना विकास असम्भव हुने हुँदा वित्तीय सुशासनका उत्कृष्ट बनाउन पालिकाका सबै शाखा र कर्मचारी सहित जनप्रतिनिधिहरूको भुमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रममा कास्कीका पालिकाका जनप्रतिनिधि ,प्रमुख प्रशासकीय अधिकृत सहित सो विषय सम्बन्धित फोकल पर्सन कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.