Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»खेलकुद»डिफेन्डिङ च्याम्पियन अनिस थापा मगरले जिते कोल्मा बहाकोट क्रस कन्ट्री दौडको उपाधि

    डिफेन्डिङ च्याम्पियन अनिस थापा मगरले जिते कोल्मा बहाकोट क्रस कन्ट्री दौडको उपाधि

    गण्डकी खबरगण्डकी खबर२६ फाल्गुन २०७९, शुक्रबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    डिफेन्डिङ च्याम्पियन भारतीय सेनाका अनिस थापा मगरले तेश्रो संस्करणको सात सय कोल्मा बहाकोट क्रस कन्ट्रि दौड प्रतियोगिताको उपाधि जितेका छन् ।

    सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजना र कोल्मा बहाकोट समाज यु.के.को मुख्य प्रायोजन तथा स्याङ्जा समाज युकेको सह प्रायोजनमा सम्पन्न क्रस कन्ट्री दौडमा पर्वतका अनिस थापा मगरले निर्धारित २० किमिको दुरी १ घण्टा ४ मिनेट ३६ सेकेण्डमा पार गर्दै प्रतियोगिताको उपाधि हात पारेका हुन । उपाधिसँगै थापाले नगद ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    प्रतियोगितामा नेपाल आर्मीका खेवराज बस्नेतले निर्धारित दुरी १ घण्टा ६ मिनेट ५६ सेकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गरे । बस्नेतले दोश्रो हुँदै नगद २५ हजार, मेडल र प्रमाण प्रत्र प्राप्त गरे । त्यसैगरी प्रतियोगितामा आर्मीकै सुबास कार्कीले निर्धारित दुरी १ घण्टा ८ मिनेट १३ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गरे । कार्कीले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    त्यसैगरी २१ वर्ष मुनिको १० किलोमिटर पुरुष दौड प्रतियोगिताको उपाधि गोर्खा सिरानचोक-२ हर्मीका सन्दिप ढकालले हात पारे । निर्धारित दुरी ४३ मिनेट ३० सेकेण्डमा पार गर्दै ढकालले उपाधि जितेका हुन् । प्रथम हुँदै ढकालले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी गोर्खाकै दिनेश बोगटीले निर्धारित दुरी ४४ मिनेट २० सकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गरे । बोगटीले नगद १० हजार मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    त्यसैगरी रुकुम पुथाउत्तरगंगाका मनोज रोका मगरले निर्धारित दुरी ४६ मिनेट ५ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गरे । तेश्रो स्थान सहित रोका मगरले नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट १० भित्र आउनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने १० किलो मिटर दौड पार गर्ने दुईजना महिला धाविकालाई विशेष सम्मान गरिएको थियो ।

    प्रतियोगिताका विजेताहरुलाई अन्तर्राष्ट्रिय अल्ट्रा धावक मीरा राई, पुतलीबजार नगरपालिकाकी उप प्रमुख देवी अर्याल, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष जित बहादुर गुरुङ, छिमेकी गाउँ समाज हङकङका अध्यक्ष प्रेम थापा मगर, कोल्मा बहाकोट समाज युकेका सल्लाहकार धनकाजी गुरुङ, कोल्मा बहाकोट आमा समुह युकेकी अध्यक्ष हुम कुमारी गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

    सो अवसरमा बोल्दै अल्ट्रा धवाक मीरा राईले युवाहरुलाई खेलकुदमा सहभागी गराउनका लागी क्रसकन्ट्री दौड जस्ता प्रतियोगिताले उल्लेख्य भुमिका खेल्ने बताइन् । गाउँठाउँलाई चिनाउन सबैभन्दा उत्तम खेलकुद कार्यक्रम भनेकै दौड प्रतियोगिता हुने बताउँदै राईले विभिन्न देशमा छरिएर रहेको सातसय कोल्मा बासीको योगदान रहेको यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गरिन् ।

    त्यस्तै पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्यालले सात सय कोल्मा लाइ समेटेर कोल्मा मात्र नभई पुतली बजार नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बिरुवा गाउपालिकालाई समेत खेलको माध्यामबाट जोड्ने काम गरेकोमा धन्यवाद ब्यक्त गर्दै नगरपालिकाको तर्फबाट सहयोग र सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

    सात सय कोल्मा सम्पर्क मञ्चको आयोजना र पुतलीबजार नगरपालिका स्याङ्जा, शुक्लागण्डकी नगरपालिकाको सह आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सह प्रायोजन छिमेकी गाउँ समाज हङकङ, कोल्मा बहाकोट समाज युकेले गरेको थियो । दौड प्रतियोगितालाई सम्राट फिजिकल ट्रेनिङ सेन्टर पोखरा, ब्रिटिस गोरखा ट्रेनिङ सेन्टर पोखरा, ईलाईट गोरखा फिटनेस ट्रेनिङ एण्ड एजुकेशन सेन्टर, मिलनसार तमु समाज बेगनासताल पोखरा, कोल्मा बहाकोट तमु समाज, फुलबारी सेवा केन्द्रको सहयोग रहेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.