Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»कास्की»एक्सपर्ट एडमिसन डे ‘चैत २’ मा पोखरामा एक्सपर्टको शैक्षिक परामर्श

    एक्सपर्ट एडमिसन डे ‘चैत २’ मा पोखरामा एक्सपर्टको शैक्षिक परामर्श

    गण्डकी खबरगण्डकी खबर२९ फाल्गुन २०७९, सोमबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    पोखरा २९, फागुन । विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई एक्सपर्टले शैक्षिक परामर्श गर्ने भएको छ । मार्च १६ अर्थात् चैत २ गते पोखराको एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजले ‘एक्सपर्ट एडमिसन डे २०२३’ को आयोजना गर्ने भएको हो ।

    उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थी र अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा,युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूले एक अर्कासँग प्रत्यक्ष रूपमा संवाद गर्ने  एक्सपर्ट पोखराका एकेडेमी डाइरेक्टर सलि देवानले बताए ।

    विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श कार्यक्रमको आयोजना गरिएको भनाई उनको छ । ‘विगत दुई वर्षमा कोरोनाले सिर्जित प्रतिबन्धका कारण प्रत्यक्ष रूपमा यस्ता कार्यक्रमहरूको आयोजना गर्न सम्भव भएन । सो समयमा भर्चुअल माध्यमबाट विद्यार्थीलाई परामर्श गरिएको थियो । अहिले प्रत्यक्ष रूपमा नै आयोजना गर्न लागेका हौँ ।’–उनले भने ।

    बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पोखराको सिद्धार्थ चोक स्थित एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेजको कार्यालयमा हुने एक्सपर्ट एडमिसन डे मा सहभागीलाई फुड भौचर, मुभी भौचरको सुविधा उपलब्ध रहेको एक्सपर्ट पोखराका अप्रेसन म्यानेजर रमेश बास्तोलाले जानकारी गराए ।

    कार्यक्रममा सहभागी विद्यार्थीलाई एक्सपर्टबाट दिइने आयल्ट्स, पिटिई क्लासमा समेत छुट दिइने उनले बताए । उनले एक्सपर्टले विगत दुई दशकदेखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै आएकाले पनि विदेश अध्ययनका लागि एक्सपर्ट रोजाइमा पर्ने गरेको उल्लेख गरे । उनका अनुसार एक्सपर्टले नेपालका प्रमुख १६ सहरहरूमा शाखाहरू सञ्चालनमा ल्याएको छ । यस्तै विश्वका १९ देशका ५० भन्दा बढी सहरहरूमा समेत एक्सपर्टले सेवा प्रवाह गरिरहेको छ ।

    वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरू लाई विश्वसनीय जानकारीहरू प्रदान गर्ने उद्देश्यले एक्सपर्टले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि नेपालका सहरहरू धनगढी, नेपालगन्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, हेटौँडा, विराटनगर, बिर्तामोड र काठमाडौँमा एक्सपर्ट एडमिसन डे कार्यक्रमको आयोजना गरिने एक्सपर्ट पोखराका मार्केटिङ म्यानेजर विष्णु प्रसाद गौतमले जानकारी गराए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.