Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»खेलकुद»युएईसँग भिडदै नेपाल, शीर्ष तीनमा पर्न जित्नै पर्ने दवाव

    युएईसँग भिडदै नेपाल, शीर्ष तीनमा पर्न जित्नै पर्ने दवाव

    गण्डकी खबरगण्डकी खबर२ चैत्र २०७९, बिहीबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    काठमाडाै, २ चैत । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल यूएईसँग खेल्दैछ । त्रिभुवन विश्वबिद्यालय, किर्तिपुरको खेल मैदानमा बिहान देखी सुरु हुने खेल नेपालका लागि जीत अनिवार्य छ ।

    लिगका शीर्ष तीन टिमले मात्र एकदिवसीय विश्वकप-२०२३ को छनोट प्रतियोगितामा स्थान बनाउने भएकाले बिहान ९ः३० बजेबाट सुरू हुने खेल नेपालका लागि फाइनल सरह हो ।विश्वकप-२०२३ को छनोट प्रतियोगितामा जिम्बाब्वेमा आउँदो जुन १८ देखि जुलाई ९ सम्म हुनेछ । त्यस पछिका चार टिमले आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् ।  क्वालिफायर प्लेअफ नामिबियामा मार्च २४ देखि अप्रिल ४ सम्म हुनेछ ।

    नेपाल अहिले नामिबियाभन्दा एक अंकले पछाडि रहदै चौथो स्थानमा छ । ३५ खेलबाट ३८ अंक जोडेको नेपालले आज यूएईलाई पराजित गरे  ४० अंक  प्राप्त गर्नेछ । नेपालले अंक बाँडे पनि सम्भावना नरहने हुँदा  तेस्रो स्थानमा रहेर जिम्बाब्वेको टिकट खोस्नको लागि जित्नै पर्ने हुन्छ । अन्यथा, नेपाल प्लेअफबाट गुज्रिनुपर्नेछ ।

    यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ । यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो । नेपाल पुन: युएईलाई पराजित गर्ने मनस्थितिका साथ आज मैदानमा उत्रदैछ ।

    गएको खेलमा घरेलु मैदानमा हाबी बनेको नेपालले युएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले पाँच विकेट झारेका थिए भने सन्दीप लामिछानेले २ विकेट लिन सफल भएका थिए । सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक एक विकेट लिएर युएईलाई अलआउट गरेको थियो ।

    घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकाले पछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ ।

    लिग २ मा दोस्रो पटक युएईलाई हराएर शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको तीन दिन पछि नेपाल आज पुन: युएईसँग भिडन लागेको हो ।

    नेपालको टोली

    रोहित पौडेल (कप्तान) दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी

    के हो क्वालिफायररु

    आगामी वर्ष भारतमा हुने एक दिवसीय विश्वकप (ओडिआई) खेल्ने १० मध्ये अन्तिम २ टोली छानिने छनोट प्रतियोगिता हो– ग्लोबल क्वालिफायर । क्वालिफायरमा १० राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ र त्यसबाट शीर्ष २ टोलीले  विश्वकप खेल्ने अवसर पाउनेछन्। सहभागी टोलीहरू विभिन्न तीन माध्यमबाट छनोट हुनेछन्। सुपर लीगको पुछारका पाँच राष्ट्र, विश्वकप लीग–२ को शीर्ष तीन राष्ट्र र प्ले अफका शीर्ष दुई राष्ट्रले यो छनोट खेल खेल्नुपर्नेछ।

    आइसीसीका पूर्ण सदस्य १२ टेस्ट खेल्ने राष्ट्र र विश्व क्रिकेट लिग च्याम्पियन नेदरल्यान्ड्स सम्मिलित प्रतियोगिता हो–सुपर लिग। नेदरल्यान्ड्सले आइसीसी क्रिकेट विश्वकप लिग च्याम्पियनसिप जितेको आधारमा सुपर लिग खेल्ने अवसर पाएको हो । यी १३ मध्ये घरेलु टोलीसहित शीर्ष आठ राष्ट्र सोझै विश्वकपमा छनोट हुनेछन् भने पुछारमा रहेको पाँच टोली क्वालिफायरमा झर्नेछन् ।

    आयोजक राष्ट्रको नाताले भारत स्वतः विश्वकपमा छानिएको छ भने अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, न्युजिल्यान्ड र पाकिस्तानसहित ७ राष्ट्र विश्वकपमा पुगिसकेका छन्।

    यो लिगबाट अब श्रीलङ्का, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र आयरल्यान्डमध्ये एक टोलीले विश्वकपमा सोझै स्थान बनाउनेछ। बाँकी तीन टोलीसहित आयोजक जिम्बाब्वे र नेदरल्यान्ड्सले क्वालिफायर खेल्नुपर्नेछ।

    यसमा लिग २ का शीर्ष तीन टोली स्टकल्याण्ड, ओमान र नेपाल तथा नामिबियामध्ये एक टोलीले प्रतिश्पर्धा गर्न पाउँछन्।  बाँकी २ टोली प्लेअफ क्वालिफायरबाट आउनेछन् । छनोटमा कुल १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। जसबाट हरेक समूहबाट शीर्ष तीन तीन टोली सुपर सिक्समा स्थान बनाउँछन् । सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली विश्वकपमा पुग्नेछन्। शीर्ष दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

    क्वालिफायर खेल्ने देशहरू
    –    श्रीलङ्का, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र आयरल्यान्डमध्ये ३ राष्ट्र
    –     जिम्बाब्वे
    –     नेदरल्यान्ड्स
    –    स्टकल्याण्ड
    –     ओमान
    –   नेपाल र नामिबियामध्ये एक
    –    प्लेअफ क्वालिफायरबाट २ राष्ट्र

    प्ले अफ क्वालिफायर
    क्वालिफायर खेल्न पाउने अन्तिम मौका भनेको प्लेअफ क्वालिफायर हो। यसमा ६ राष्ट्रबीच प्रतिस्पर्धा हुन्छ । विश्वकप लीग– २ को सात मध्ये तालिकाको पुछारमा रहेका चार टोली र एसोसियट राष्ट्रहरूबीच खेलिएको च्यालेञ्ज लिगका शीर्ष दुई टोली यसमा सहभागी हुनेछन्।

    लीग–२ बाट अमेरिका, यूएई र पपुवा न्यूगिनीको स्थान पक्का भइसकेको छ। अब नेपाल र नामिबियामध्ये एकको प्लेअफ खेल्न पाउनेछन्। युएईसँग पराजित भएमा नेपालले यो प्ले अफ खेल्नुपर्नेछ। र जितेमा नामिबियाले खेल्नुपर्नेछ। यसमा च्यालेञ्ज लिगबाट आएका न्यु जर्सी र क्यानडा हुनेछन्। प्ले अफको शीर्ष–२ मा पर्ने राष्ट्रले क्वालिफायर खेल्ने अर्को मौका पाउनेछन्। साथै, यी शीर्ष २ राष्ट्रले आगामी चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट राष्ट्रको मान्यता पनि पाउनेछन्। पहिले नै ओडिआई मान्यता पाएको देशले शीर्ष दुई स्थान हात पारेमा यसभन्दा तलका दुई टोलीले ओडिआई मान्यता पाउनेछन्। प्ले अफ क्वालिफायर खेल्ने अमेरिका र नेपाल या नामिबिया मध्ये एक टोलीले लिग २ बाटै ओडिआई मान्यता सुरक्षित गरिसकेका छन्। यी राष्ट्रहरू शीर्ष २ मा परे भने यसपछिका अन्य दुई राष्ट्रले ओडिआई पाउछन् ।

    प्लेअफ क्वालिफायर खेल्ने देशहरू
    –     अमेरिका
    –     यूएई
    –     पपुवा न्यूगिनी
    –     नेपाल र नामिबिया मध्ये एक
    –     न्यु जर्सी
    –     क्यानडा

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.