Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»कास्की»गण्डकी नाट्यदर्पण विमोचन, २८ श्रष्टाको वायोग्राफी तयार

    गण्डकी नाट्यदर्पण विमोचन, २८ श्रष्टाको वायोग्राफी तयार

    गण्डकी खबरगण्डकी खबर२२ चैत्र २०७९, बुधबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    पोखरा २२ चैत्र ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रज्ञा प्रतिष्ठानले छोटो समय मै  उल्लेखनीय कार्य गरेको बताएका छन् । प्रतिष्ठान स्थापनाको दोस्रो वर्ष पुरा हुन लागेको अवसरमा बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘गण्डकी प्रदेश कला, साहित्य, संगीत र संस्कृतिको उर्वरभुमी हो, यो उर्वर भुमीलाई थप उर्वर बनाउन स्थापनाको छोटो समयमानै प्रतिष्ठानले खेलेको भुमिका प्रति सन्तुष्ट छु’ उनले भने । प्रतिष्ठानले एकसाथ आयोजना गरेका पाँचवटा कार्यक्रममा सहभागी बन्दै उनले प्रतिष्ठानलाई थप क्रियाशिल बनाउन आफ्नो साथ सदैव रहने वाचा गरें । प्रतिष्ठानले गरेका कार्य र यसको सक्रियताले यो क्षेत्रमा थप रौनकता थप्ने विश्वास उनको छ ।

    गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, रंगकर्मी शिव संकल्प लगायतले बोलेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

    ‘गण्डकी नाट्यदर्पण’ प्रकाशन

    प्रतिष्ठानले गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई लक्षित गरेर ‘गण्डकी नाट्यदर्पण’ प्रकाशन गरेको छ । दूईसय पेजको यो पुस्तकमा गण्डकी प्रदेशका ११ वटै जिल्लाको नाट्य गतिविधिको इतिहास र वर्तमान अवस्थाको बारेमा उल्लेख गरिएको छ । गण्डकी प्रदेशमा सामुदायिक नाट्यचेतको अवस्था बारेको जानकारीसँगै नाट्य क्षेत्रमा स्थापित बनेका नाट्यकारको अन्र्तवार्ता पुस्तकमा समावेश छ । मनकुमार श्रेष्ठ, परिवर्तन र शिवसंकल्पले सम्पादन गरेको यो पुस्तक गण्डकी प्रदेशको नाट्य क्षेत्रबारे थाहा पाउने महत्वपूर्ण पुस्तक बन्ने विश्वास प्रतिष्ठानले गरेको छ ।

    श्रष्टाको वायोग्राफी तयार हुँदै

    प्रतिष्ठानले यो वर्ष गण्डकी प्रदेशका विभिन्न जिल्लाका २८ जना श्रष्टाको वायोग्राफी तयार पारेको छ । जस अन्र्तगत संस्कृतीकर्मी तीर्थ श्रेष्ठको वायोग्राफी बुधबार विमोचन गरियो ।

    डा. रविलाल अधिकारी, तीर्थ श्रेष्ठ, यादवचन्द्र भुर्तेल, दुर्गा बराल वात्स्यायन, काजी रोशन, प्रेम छोटा, जीवन शर्मा, खड्ग गर्बुजा, शान्ति नारायण श्रेष्ठ, इन्द्र विकल्प, सुन्दर कुमार जोशी, डा.कुशुमाकर न्यौपाने, अम्बर गुरुङ, पुरुषोत्तम न्यौपाने, आलोक गुरुङ, पृथ्वीनारायण श्रेष्ठ, माया गुरुङ, कृष्ण गुरुङ, डा.बम बहादुर जिताली, रोशन गुरुङ, रामचन्द्र घिमिरे शास्त्री, आलोक श्री, धोज गुरुङ, बुद्धि प्रसाद गूरुङ गौरी, गोविन्द विनोदी, अम्बर विरही गुरुङ, पुष्परत्न महतो लगायतका श्रष्टाको वायोग्राफी निर्माण प्रतिष्ठानले गरेको छ । केही श्रष्टाको वायोग्राफी संकलन हुने क्रममा समेत रहेको उपकुलपति गोरे गुरुङले जनाए ।सम्पादन पछि सबै श्रष्टाका १५ मिनेटका बागोग्राफी वेभसाइटमा राखिनेछ ।

    सारङ्गी प्रशिक्षण सुरु

    प्रतिष्ठानले झलकमान गन्र्धव सारङ्गी पाठशालासँगको सहकार्यमा २५ जनालाई सारङ्गी प्रशिक्षण गराउने भएको छ । सो प्रशिक्षण कार्यक्रमको शुभारम्भ बुधबार गरियो ।

    स्रष्टा स्वास्थ्य विमा कार्यक्रम

    प्रतिष्ठानले स्रष्टा स्वास्थ्य विमा कार्यक्रमको समेत थालनी गरेको छ । सम्मर गायक र चन्द्रमणी अधिकारीलाई स्वास्थ्य विमाको फायल हस्तान्तरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गरियो । यो वर्ष दुई सय जना श्रष्टाको स्वास्थ्य विमा गर्ने तयारी गरिएको छ ।

    परम्परागत गीत संरक्षणको सुरुवात

    प्रतिष्ठानले परम्परागत गीत संरक्षणको समेत सुरुवात गरेको छ । जस अन्र्तगत गन्र्धव जातीको तरबार गीत विमोचन भएको छ । बाह्रमणको बालन, गुरुङहरुको मृत्यु संस्कार मात्र बजाइने गीत र मगरहरुको कालीगण्डकीमा मात्र जिवित रहेको गीतलाई तयार पारेर संग्रह गरिएको जनाइएको छ ।

    दोस्रो स्थापना दिवस भव्य बनाउने तयारी

    प्रतिष्ठानले आगामी बैशाखमा आफ्नो दोस्रो स्थापना दिवस समेत भव्य रुपमा मनाउने तयारी गरेको छ । सो कार्यक्रममा गण्डकी प्रदेशका कला साहित्य संगीत तर्फका श्रष्टाहरुलाई नगद सहित सम्मान गरिने सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए । अन्य केही प्रशिक्षण कार्यक्रम समेत प्रतिष्ठानले गर्न लागेको उनले जनाए ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.