Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»मनोरञ्जन»कास्कीको घलेल गाउँमा चपस कास्कीको कार्यशाला

    कास्कीको घलेल गाउँमा चपस कास्कीको कार्यशाला

    गण्डकी खबरगण्डकी खबर२२ चैत्र २०७९, बुधबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    पोखरा, २२ चैत   । कास्कीको घलेल गाउँमा चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा २०७९ चैत २० र २१ गते दुई दिनसम्म चलेको कार्यशालामा कन्टेन्ट राइटिङ,रिभ्यु र गसिपमा आधारित रहेर प्रशिक्षण दिइएको संयोजक सुरेश सुनारले बताए ।

    पोखराको विभिन्न मिडियामा आबद्ध ५० भन्दा बढी पत्रकारहरुको कार्यशालामा पत्रकार नारायण अमृत, सुरेश रानाभाट र केशवशरण लामिछानेले प्रशिक्षण दिएका हुन् । कार्यशालाको पहिलो दिन घलेल सामुदायिक होमस्टे र समग्र माछापुच्छ्रे गाउँपालिकाको पर्यटन क्षेत्रलाई सिनेमा मार्फत कसरी टेवा पुर्याउन सकिन्छ भन्ने विषयमा परिचर्चा कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङले चलचित्र पत्रकारिता मार्फत घलेल गाउँको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा रहेको बताए । उनले गाउँपालिकामा भएका छायाँकन स्थललाई संरक्षण गर्दै सिनेमा छायाँकनलाई बढवा दिन सहज नीति निर्माण गर्ने तर्फ जोड गरिने उल्लेख गरे ।

    गाउँपालिका वडा नं. ८ का अध्यक्ष राम गुरुङले सम्भावना भएर पनि प्रचारको अभावले घलेल गाउँ पछाडि परेको जानकारी गराए । उनले घलेल गाउँको प्रवद्र्धनका लागि बेलाबखत यस्ता कार्यक्रमहरु भइराख्नुपर्ने धारणा राखे । फिल्म मार्फत विविध विषयवस्तुहरु पस्किन सक्ने हुँदा यसको महत्वपूर्ण भूमिका रहेको भनाई उनको छ ।

    चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारिता क्षेत्रलाई विस्तार गर्न संघ लागि परेको बताए । नेपालको पत्रकारिता सबै भन्दा पहिले चलचित्र पत्रकारिताबाट नै सुरुवात भएको बताउँदै उनले संस्थाले आगामी दिनमा गर्ने गतिविधिका विषयमा जानकारी गराए ।

    चलचित्र पत्रकारहरुले पेसागत जिम्मेबारीलाई निर्वाह गर्नुपर्ने आवश्यकता रहेको प्रशिक्षकहरु नारायण अमृत, सुरेश रानाभाट र केशवशरण लामिछानेले उल्लेख गरे । कार्यशालामा नारायण अमृतले गसिपका विषयमा, सरेश रानाभाटले रिभ्युका विषयमा र केशव शरण लामिछानेले कन्टेन्टका विषयमा प्रशिक्षण गरेका थिए ।

    चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संस्थाको स्थापनाका विषयमा जानकारी गराउँदै संघको गतिविधि निरन्तर भइरहेको प्रति खुशी व्यक्त गरे । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले पर्यटकीय गाउँ घलेल सामुदायिक होमस्टेमा कार्यशाला हुनुले त्यस ठाउँको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताए । उनले तालिम सुहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए । संघले आगामी दिनमा पोखरामा चलचित्र पत्रकारितालाई बढ्वा दिन विविध कार्यक्रम गर्दै जाने संघका सचिव सन्तोष बस्यालले बताए ।

    कार्यशालामा सहभागी प्रशिक्षार्थी राजाराम पौडेल र बालकाशी गुरुङले तालिम फलदायी भएको उल्लेख गरे । २०६७ सालमा स्थापना भएको होमस्टे पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएको ठाउँ हो । कास्की जिल्ला माछापुच्छ«े गाउँपालिका वडा नं. ८ र ९ मा रहेको घलेल सामुदायिक होमस्टेलाई प्रचारको आवश्यकता रहेको घलेल सामुदायिक होमस्टेकी सचिव सुनकुमारी गुरुङले बताइन् । उनले घलेल गाउँमा आयोजना गरिएको कार्यशाला मार्फत उक्त ठाउँको प्रचारमा टेवा पुग्ने विश्वास लिएकी छिन् । नजिकैको गाउँ ल्वाङ पर्यटकीय रुपमा अगाडि बढ्दा घलेल भने जहाँको त्यही रहेको धारणा उनको छ ।

    हाल घलेलमा ९ घरमा मात्रै होमस्टे संचालन गरिएको छ । घलेल सामुदायिक होमस्टेले सहभागीहरुलाई पञ्चेबाजासहित स्वागत गरेको थियो । कार्यशालालाई सम्पन्न गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छ«े गाउँपालिका, पोखरा प्रज्ञा प्रतिष्ठान, परिचय एड्भटाइजिङ र होटल पुस्कर लगायतले सहयोग गरेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.