Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»आर्थिक»पोखरामा विद्यालय हाताभित्र शैक्षिक सामाग्री बिक्री वितरणमा रोक

    पोखरामा विद्यालय हाताभित्र शैक्षिक सामाग्री बिक्री वितरणमा रोक

    गण्डकी खबरगण्डकी खबर२५ चैत्र २०७९, शनिबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    पोखरा, २५ चैत्र । पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालय शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन विभिन्न निर्देशनहरू जारी गरेको छ । नगर शिक्षा परिषद् र नगर शिक्षा समितिको संयुक्त बैठकले शैक्षिकशत्र २०८० का लागि ब्रिज कोर्स खारेज गर्नेदेखि विद्यालय हाताभित्र पाठ्यपुस्तक तथा अन्य शैक्षिक सामाग्रीहरू बिक्री वितरणमा रोक लगाएको हो ।

    महानगरको निर्देशनमा भनिएको छ, “विद्यालयहरूले शिक्षा नियमावलीमा उल्लेखित शीर्षकहरूमा बाहेक एउटै विद्यालयमा अध्ययन गर्दा अध्ययन अवधि भर भर्ना शुल्क बापत एक पटक मात्र अधिकतम २ महिनाको शुल्क भन्दा बढी लिन पाइने छैन ।” यस्तै कक्षा ११ को विद्यार्थी भर्नासँग सम्बन्धित कुनै पनि ब्रिज कोर्स सञ्चालन गर्न निषेध गर्दै महानगरले विद्यालय हाताभित्र पाठ्यपुस्तक तथा शैक्षिक सामाग्री बिक्री वितरणमा पनि रोक लगाएको छ । विद्यालयहरुलाई विना प्रमाणपत्र विद्यार्थीहरू भर्ना नगर्न समेत महानगरपालिकाले निर्देशन जारी गरेको छ ।

    शैक्षिक सत्र २०८० को पठनपाठन वैशाख १० गतेबाट शुभारम्भ गर्ने निर्णय गरेको महानगरले कक्षा १० सम्म अध्ययन गरिरहेका विद्यार्थीहरूले सोही विद्यालयमा अध्ययन गर्न चाहेमा अनिवार्य रूपमा भर्ना लिनु पर्ने प्रावधान बनाएको छ । साथै महानगरभित्र सञ्चालित विद्यालय क्षेत्रको १०० मिटर दुरी भित्र सुर्ती तथा मदिराजन्य वस्तुहरूको बिक्री वितरणमा पूर्णतया निषेध गरिएको छ ।

    यसअघि विद्यालयहरूले सञ्चालन गरिरहेको बस सेवा अवधि लामो भएको जनगुनासो आएकाले सो सम्बन्धमा आगामी शैक्षिकशत्र बाट विद्यालय सुरु हुनु पूर्व एक घण्टा तीस मिनेट अगाडीबाट मात्र बस सेवा सञ्चालन गर्न महानगरले निर्देशन गरेको छ । महानगरको निर्देशनमा भनिएको छ, “स्कुल बसहरू विद्यालय सुरु हुनुभन्दा १ घण्टा ३० मिनेट अगाडीबाट मात्र विद्यार्थी ल्याउने कार्यमा प्रयोग गर्नु पर्नेछ ।” यस्तै विद्यालयहरूलाई २० वर्ष भन्दा पुराना सवारी साधनहरू प्रयोगमा रोक लगाउनुका साथै प्रत्येक ६–६ महिनामा पूर्ण सर्भिसीङ गर्न निर्देशन जारी गरिएको छ ।

    जारी निर्देशनहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्न–गराउन सरोकारवालाहरूलाई परिपत्र गरी उक्त निर्देशनहरूको परिपालना नभए नियमानुसार कारबाही गर्ने पनि महानगरले जनाएको छ । शैक्षिक संस्थाहरूलाई चुस्त, सहज, सर्वसुलभ र व्यवहारिक बनाउनका निम्ति जारी गरिएको निर्देशनलाई आगामी दिनहरूमा आवश्यकता अनुसार समयानुकूल बनाउँदै लैजाने निर्णय पनि गरिएको छ ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.