Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»कास्की»जनसेवालाई छिटो छरितो बनाउन गण्डकीका मुख्यमन्त्री पाण्डेको निर्देशन

    जनसेवालाई छिटो छरितो बनाउन गण्डकीका मुख्यमन्त्री पाण्डेको निर्देशन

    गण्डकी खबरगण्डकी खबर३ जेष्ठ २०८०, बुधबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गोरखा, ०३ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसेवालाई जतिसक्दो छिटो बनाउन गोरखाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । जिल्ला भ्रमणका क्रममा गोरखा पुगेका पाण्डेले बुधबार कार्यालय प्रमुखहरुलाई भेटेर नागरिकले एउटै कामका लागि पटक पटक कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका हुन् । ‘एउटै कामकालागि सर्वसाधारण पटक–पटक आउनुपर्ने, कार्यालय धाउनुपर्ने बाध्यता हामीले हटाउनुपर्छ,’ उनले भने, ‘बरु सेवा छिटो र सहज बनाउन ‘टाईमकार्ड’ लागू गर्नुस् । समयमै काम भएन भने जनतामा आक्रोश बढ्छ । ब्यवस्थाप्रति नै बितृष्णा हुन सक्छ ।’

    सरकारको सेवा प्रवाह झण्झटमुक्त हुनुपर्ने उनको भनाई छ । पाण्डेले सेवालाई प्रविधिमैत्री बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्रदेश सरकारले दैनिक सेवा प्रवाह झण्झट रहित बनाउन क्याविनेटबाट निर्णय गरिसकेको उनको भनाई छ । पाण्डे मुख्यमन्त्रीको पदबहाली भएकै दिन यातायात क्षेत्रलाई व्यवस्थित गर्नका लागि सुझाव लिन कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । दरबन्दी अनुसारको कर्मचारी नहुँदा काम गर्न समस्या भएको गुनासो प्रदेश स्थित कार्यालयका प्रमुखहरुले गरेका थिए ।

    गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा तत्काल कर्मचारी ब्यवस्थापन गरेर अन्य कार्यालयमा पनि थप्दै जाने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता जनाएका छन् ।सेवा दिँदा जनतालाई राजनीतिक विभेद नगर्न पनि उनको निर्देशन छ । उनले संरक्षण सहितको विकास र विकास मार्फत राज्य संचालनको माध्यम निर्माण गर्नुपर्ने बताए । ‘हामीले आम्दानीको दायरा बढाउन सकेनौं भने सामाजिक उत्तरदायित्व बहन गर्न र जनताको अपेक्षा पुरा गर्न सक्दैनौं । त्यसैले विकास पनि गर्नुपर्छ । गरिएको विकासबाट राज्यले केही प्राप्त पनि गर्न सक्नुपर्छ,’ उनले भने ।

    आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, रोजगारी, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिने भएकोले योजना छनोट गर्दा ख्याल गर्न उनको आग्रह छ । यस्तै, विकास निर्माणका काम गर्दा ठेकेदारबाट हुने बदमासी रोक्न नियमित अनुगमन र ताकेता गर्न कार्यालय प्रमुखले चासो दिनुपर्ने उनको भनाई छ । गोरखाका कार्यालय प्रमुखहरुले प्रदेशबाट छुट्याउने योजना कम बजेटको हुँदा कार्यन्वयन प्रभावकारी नभएको र लागु गर्न झन्झटिलो भएको गुनासो राखेका थिए ।

    प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले गोरखामा भएका समस्याका बारेमा मुख्यमन्त्री पाण्डेलाई जानकारी गराएका थिए । बिपद्को पूर्व तयारीकालागि विषेश ध्यान दिन उनले मुख्यमन्त्री पाण्डेलाई आग्रह गरे ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.