शिक्षासमाचार

पोखराको सहारा आधारभूत विद्यालयमा सहारा युकेद्वारा लाइव्रेरी हस्तान्तरण

पोखरा । पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सहारा यु.के ले पुस्तकालय हस्तान्तरण गरेको छ ।  तीन लाख रुपैयाँ बरावरको आर्थिक सहयोगमा विद्यालयमा फर्निचर र पुस्तकहरु सहितको लाइव्रेरी स्थापना गरि  हस्तान्तरण गरिएको हो ।

सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ(कृष) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमा विद्यालयका प्रधानाध्यपाक लोचना कुमारी अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । मन्तव्यका क्रममा प्र.अ अधिकारीले विद्यालयको समग्र अवस्थिती, वर्तमान समित अध्यक्ष विक्रम थकाली को उपस्थितिले विद्यालयमा भएका सकरात्मक परिवर्तनहरु को जानकारी प्रदान गर्दै उपस्थित दाताहरु, अतिथीहरुलाई स्वागत व्यक्त गरेकी थइन् ।

कार्यक्रममा तमु धिं यु.के. का नवनिर्वाचित अध्यक्ष जुम काजि गुरुङ र खेलकुद पत्रकार मञ्च गण्डकीका नवनिर्वाचित अध्यक्ष एम. वि. आस्थालाई  विद्यालयका अध्यक्ष र प्रधानाध्यापकले सामुहिक रुपमा स्वागत तथा बधाई व्यक्त गरेका  थिए ।

सहारा क्लब पोखराका अध्यक्ष केशव राज बरालले कार्यक्रममा वोल्दै रिडिङ कल्चर विकासका लागी सहारा यु.के ले गरेको पुस्तकालय निकै सर्हानिय कार्य रहेको धारणा राखे । सोहि क्रममा पुस्तकालय खोजमुलक कार्यका लागि शिक्षक र विद्यार्थीहरुका लागि उपयोगी हुनेमा खुशी व्यक्त गर्दै दाताहरुप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रमका वक्ता एवम् विशेष अतिथी तमु धिं युकेका नवनिर्वाचित अध्यक्ष जुम काजी गुरुङले सिकारूलाई स्थानले फरक नपार्ने हुँदा सफल हुने लगनशिल र मिहनेती हुनुपर्नेबा वालबालिकाहरुलाई अपिल गर्दै  आफू पनी सोही विद्यालयको नजिक रहेको पुरानो एयरपोर्टमा जन्मिएको हुँदा यस स्थानमा सवैले माया र ममता राख्नुपर्नेमा जोड व्यक्त गर्दै आगामि दिनमा सहयोगका साथ जोडिने प्रतिवद्दता समेत व्यक्त गरे ।

पोखरा मनपा वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीके कार्यक्रममा वोल्दै सहारा युकेले निर्माण गरेको पुस्तकालयमा थप सहायता प्रदान गर्न स्थानीय तह विशेष गरि वडा कार्यालय हरबखत तयार रहेको वताए । सोही क्रममा मर्सानीले दाताहरुले स्वदेशप्रति माया र सद्‍भाव प्रकट गरि पोखरा ९ मा रहेको झण्डा पार्क, सार्वजनिक शौचालय स्थापनामा पुर्याउनुभएको योगदानलाई पनि स्मरण गरे ।

कार्यक्रमका प्रमुख अतिथी एवम् सहारा यु.केका अध्यक्ष कृष्ण गुरुङ (कृष)ले विद्यालयमा सहयोग प्रदान गर्न पाउँदा खुशी व्यक्त गर्दै यस कार्यक्रमलाई पूर्णता प्रदान गर्न सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दाताहरुलाई स्मरण गरे । सोहि क्रममा निरन्तर रुमपा यस विद्यालयलाई सहयोग प्रदान गर्ने प्रतिवद्दता समेत व्यक्त गरेका गुरुङले विद्यालयका अध्यक्ष विक्रम थकालिको कार्यशैलिको खुलेरै प्रशंशा गरे ।

विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रमको समापनका क्रममा विद्यालयका अध्यक्ष एवम् कार्यक्रमका सभापती विक्रम थकालीले आफ्नो कार्यकालमा भएका कामहरु र सो कामहरुलाई पूर्णता दिन सहायत प्रदान गर्ने दातारुलाई स्मरण गरेका थिए । सहारा यु.के संस्थाले आफू र विद्यालयप्रति पूर्ण विश्‍वास गरि पुस्तकालय स्थापना गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै बालबालिका र शिक्षकहरुले सन्दर्भ सामाग्री, मनोरञ्जन सामाग्री, लगाएत जानकारीमूलक किताबहरु अध्ययन गर्न पाउनेमा ढुक्क भए । सोहि क्रममा उनले उपस्थित प्रमुख अतिथी, विशेष अतिथी, कार्यक्रमका कोअर्डिनेटे सहारा युकेका उपाध्यक्ष शारदा प्रसाद गुरुङ, सहारा युकेका पूर्व अध्यक्ष, सल्लाहकारहरु, कार्यसमिति पदाधिकारीहरु, तमु धिं का अध्यक्ष, पूर्व अध्यक्ष, कार्यसमिति पदाधिकारिहरु, सहारा क्लब पोखराका पूर्व अध्यक्ष, मानार्थ सदस्य, सल्लाहकारहरु, कार्यसमिति पदाधिकारीहरु, सहयोगी दाताहरु, विद्यालयका सल्लाहकारहरु, समिति सदस्यहरु, पत्रकार, शिक्षक, विद्यार्थीहरु लाई हार्दिक धन्यवाद व्यक्त गरे ।

उक्त कार्यक्रमा अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित, सिद्दी सेतुली प्रतिष्ठानका अध्यक्ष एवम्  अग्रज पत्रकार दिपेन्द्र श्रेष्ठ, गोर्खा मिडियाका डाइरेक्टर मिलन तमू, एन आर एन यु.के का अध्यक्ष हितकाजी गुरुङ, हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमिल्सेना र सुवास हुमागाँई लगाएत विभिन्न संघ संस्थाका अतिथीहरुको उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button