
गण्डकी खबर । देशभर पछिल्लो २४ घण्टामा नेपालमा थप ३४८१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ६५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १०,९०७ र
एन्टिजेनबाट ५,७४९ जनाको परीक्षण गर्दा पीसीआरबाट २६१६ र एन्टीजेनबाट ८६५ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा हालसम्म पीसीआर विधिबाट ७ लाख २३ हजार २९६ जना र एन्टिजेन विधिबाट
७२ हजार ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
२४ घन्टामा थप १,८८५ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भईसकेका छन् ।
पछिल्लो २४ घण्टामा थप ३० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।
अहिलेसम्म नेपालमा संक्रमण बाट १० हजार १८० जनाको मृत्यु भएको छ ।



