समाचार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त

गण्डकी खबर ।  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता

समेत रहेका केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

केसीलाई काँग्रेस, जनमोर्चा र जसपा समेतको समर्थन रहेको छ ।

आजै चार दलका ४२ सदस्यहरुले केसीको नाममा आफूहरुको समर्थन रहेको भन्दै

प्रदेश प्रमुख समक्ष दावेदारी प्रस्तुत गरेका थिए ।

यसअघि संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा

बढी दलको बहुमत पु-याएर नयाँ सरकार गठनका

लागि दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका थिए।

शंकर पोखेरलको बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो ।

नवनियुक्त मुख्यमन्त्री केसी रोल्पा १ (क)बाट निर्वाचित भएका थिए ।

प्रदेश प्रमुखले केसीलाई मुख्यमन्त्री नियुक्त गरेसँगै अपरान्ह ४ बजे शपथ ग्रहण गराउने तयारी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button