समाचार

क्यानडामा ट्रक चालकहरुको प्रदर्शनः ओटावामा आपतकाल घोषणा

ओटावा, २४ माघ। कोभिड खोपविरुद्ध सरकारले ल्याएको प्रावधानको विरोधमा विगत एक सातादेखि प्रदर्शनमा उत्रिएका ट्रक चालकहरुको आन्दोलन अराजक बन्दै गएपछि राजधानी ओटावामा आपतकाल घोषणा गरिएको छ । सहर ‘पूर्ण रुपमा नियन्त्रणबाहिर’ गएको भन्दै ओटावाका मेयर जीम वाटसनले आपतकाल घोषणा गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘असंवेदनशील व्यवहार’ गरेको मेयर वाटसनले बताए । प्रदर्शनकारीले बारम्बारसाइरन बजाएको र पटाका पड्काएको उनको भनाई छ । प्रदर्शनकारीका कारण राजधानीका वासिन्दाको सुरक्षामा खतरा बढेको पनि उनले बताए । ट्रक चालकहरुले एक सातादेखि टेन्ट र गाडीहरू राखेर अवरोध गर्दै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button