देश/ समाजसमाचार

गोकर्णेश्वर नगरपालिकामा विद्यालय खुले, पठनपाठन सुरु

काठमाडौं, २४ माघ। कोरोनाको तेस्रो लहरको संक्रमण उच्च गतिमा बढेपछि सरकारले स्मार्ट लकडाउनको घोषणा गर्दै माघ मसान्तसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । जसअनुसार देशभरका सबै शैक्षिक संस्था बन्द छन् ।

तर, संघीय राजधानी काठमाडौको गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका निजी तथा सामुदायिक विद्यालय २३ माघदेखि भौतिक उपस्थितिमै सञ्चालन गर्ने निर्णयसहितको सूचना जारी गर्यो । नगरपालिकाको शिक्षा समितिको गत १८ माघमा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । आइतबार विद्यालय खुले पनि सरस्वती पूजा भएको हुनाले सोमबारबाट नियमित पठनपाठन सञ्चालन भएको छ ।

सिसिएमसीले भने १ फागुनदेखि भौतिक रूपमै बिद्यालय खोल्न सरकारलाई सिफारिस गरेको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले स्थानीय सरकारको अधिकार प्रयोग गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेका बताए ।

नगरपालिकाभित्रका सबै बिद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको फाइजर खोपको पहिलो मात्रा दिइसकेको र आजबाट दोस्रो मात्रा दिन सुरु गरेको नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button