समाचार

शिरोमणि बाबुराम आचार्य पुरस्कारका लागि आवेदन खुल्यो

काठमाडौं, २६ माघ। इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कारका लागि आवेदन खुलेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी विषयगत क्षेत्रमा योगदान पु¥याएका व्यक्ति÷संस्थालाई आवश्यक कागजातसहित आवेदन दिन भनेको हो ।

नेपाली इतिहासको खोजमूलक अध्ययन, अनुसन्धान तथा प्रचारप्रसार गरी सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका वा इतिहास शिरोमणि बाबुराम आचार्यले पु¥याएको विशेष योगदानका विषयमा खोज, अध्ययन, अनुसन्धान गरी उत्कृष्ट योगदान गरेकाहरूले आवेदन दिन सक्नेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button