बैतडी, २९ माघ। बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले पुनः अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । १०औँ गाउँसभाको सम्बोधन गर्दै उनले आफू आसन्न निर्वाचनमा पुनः अध्यक्षका लागि उमेदवार बन्ने बताएका हुन् ।
उनी नेपाली कांग्रेसका नेता हुन् ।
सिगास गाउँपालिकामा सडक, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन तथा स्वरोजगार लगायतका क्षेत्रमा राम्रो प्रगति भएको उनले बताए ।
स्थानीय तहकाे निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ ।