कास्कीगण्डकीमुख्य खबरसमाचार

पोखरामा ४५ वर्षीय पुरुषले गरे आत्मदाह

पोखरा,२१ चैत । पोखरामा मंगलबार एक व्यक्तिले आत्मदाह गरेका छन् । पोखरा महानगरपालिका वडा नं. १७ समृद्धि मार्ग निवासी ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्याङ्जा अर्जुनचौपारी १ स्थायी घर भएका अर्यालले मंगलबार दिउँसो करिब ३ बजे शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् ।

तीन तले भवनको दोस्रो फ्ल्याटको कोठा भित्र शरीर जलेको अवस्थामा अर्यालले शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख, डिएसपी वेद जोसीले बताए ।

घरमा कोही नभएको अवस्थामा भित्रबाट चुकुल लगाएर आगो लगाएको देखिएको डिएसपी जोसीले जानकारी दिए । अर्यालको कोठाबाट आगोको मुस्लो आएसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले तत्काल उद्धारको प्रयास गरेको भए पनि उनको मृत्यु भइसकेको थियो  ।

अर्यालका एक श्रीमती एक छोरी रहेका छन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button