Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»कास्की»शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    गण्डकी खबरगण्डकी खबर३० भाद्र २०८०, शनिबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    पोखरा । शुभम् बचत तथा ऋण सहकारी संस्थाको एघारौँ वार्षिक साधारण सभा पोखराको लेकसाइड स्थित कुटी रिसोर्टमा शनिबार सम्पन्न भएको छ ।

    साधारण सभामा बोल्दै प्रमुख अतिथि कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भेषराज बरालले अहिलेको अवस्थामा समयमै भव्य साधारण सभा सम्पन्न हुनु सहकारीका लागि सुखद रहेको बताए । उनले समयमै पारदर्शी रुपमा साधारण सभा सम्पन्न गर्ने सहकारी सबल रहेको समेत बताए ।

    कास्की कै सहकारी संस्थाले बचतकर्ताको बचत फिर्ता गर्न नसकेर माइतीघरमा आन्दोलन भइरहेको अवस्थामा संस्थाको अडिट चुस्त दुरुस्त रूपमा गरेर हरहिसाबसहित साधारण सभा सम्पन्न गर्नु सहकारी तथा सेयर सदस्यका लागि सुखद पक्ष रहेको उनको भनाइ थियो ।

    सञ्चालकको गलत कदमका कारण कास्कीमा केही सहकारीले जटिल अवस्था गुजार्नुपरेको बताउँदै उनले सबै सहकारी उस्तै होइनन् भन्ने कुरा स्थापित गराउन शुभम् सहकारी लागिपर्ने विश्वास व्यक्त गरे । शुभमको वित्तीय विवरण तथा तथ्याङ्कहरू राम्रो रहेको उल्लेख गर्दै उनले संस्थाको सेयर रकम अझै बढाउन सुझाव दिए ।

    राज्यले तोकेका नियम कानुनलाई अक्षरशः पालना गरेर सहकारीका सिद्धान्तलाई लागु गरेर अघि बढेको खण्डमा कुनै पनि सहकारीले जोखिम मोल्न नपर्ने उनको भनाई थियो ।

    संस्थाका अध्यक्ष राजन पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष पन्त, सचिव कृष्ण प्रसाद पोखरेल र कोषाध्यक्ष होमराज भट्टराईले आर्थिक वर्षमा सम्पन्न भएका क्रियाकलाप तथा भावी योजनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उठेका सेयर सदस्यका जिज्ञासालाई संस्थाका प्रबन्धक कमल प्रसाद कोइरालाले प्रस्ट पारेका थिए ।

    कार्यक्रममा संस्थाका उत्कृष्ट कारोबारकर्ताहरूलाई सम्मान समेत गरिएको थियो । आठ करोड २२ लाख ४१ हजार ९०० रुपैयाँ सेयरपूँजी रहेको संस्थाको निक्षेप संकलन एक अर्व २० करोड ९९ लाख २५ हजार ६९९ रहेको छ । संस्थामा एक हजार ८७३ पुरुष र एक हजार ४८० महिला गरी तीन हजार ३५३ सेयर सदस्य रहेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    कास्कीमा औषधी पसलको अनुुगमन

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.