गण्डकी खबर । नेपाल कम्युनिष्ट पार्टी ओली समूहको केन्द्रीय समिति बैठकमा सहभागी गृहमन्त्री रामबहादुर थापा बादलले पार्टीबाट एउटा गुट मात्र अलग भएको बताउनु भएको छ ।
बैठकमा सम्बोधन गर्दै गृहमन्त्री थापाले त्यसबाट प्रतिक्रियाबादी खुसी भएको धारणामा पनि राख्नु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारले दिएको जानकारी अनुसार थापाले प्रतिनिधि सभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको पनि सम्बोधनमा उल्लेख गरेको जानकारी दिनु भएको छ ।
थापाले बैठकमा राखेका मूख्य बुँदा यस्ता छन्ः
“नेकपाबाट एउटा गुट अलग भएकाे छ । प्रतिक्रियावादीहरूले उसमा खुशी र उत्सव मनाइरहेका छन् । जनता दुखित भएका छन् ।”
“प्रतिनिधिसभाकाे विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएकाे छ ।”
“चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्छ ।”
“उहाँहरूकाे ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित छ । उहाँहरू दुश्मनकाे जालमा पर्नुभएकाे छ ।”
” पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमहरूलाई पार्टीले दृढतापूर्वक अघि बढाउने छ ।”
” कम्युनिष्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितकाे पक्षमा अग्रमाेर्चामा रहेर भूमिका गरिरहनुभएका नेतृत्वलाई साथ लिन म यहाँ उपस्थित भएको छु ।”
“हामी प्रतिगमनकारी र अवसरवादीहरूलाई आँधीबेहरी र तुफान बनेर पराजित गर्दै देशकाे सही ढंगले नेतृत्व गर्ने छाैं ।”
गण्डकी खबरDecember 24, 2020