Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»विरोध कार्यक्रम गर्न कांग्रेसको सर्वसम्मत निर्णय

    विरोध कार्यक्रम गर्न कांग्रेसको सर्वसम्मत निर्णय

    गण्डकी खबरगण्डकी खबर९ पुष २०७७, बिहीबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    file tasbir
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । नेपाली कांग्रेसले संसद विघटन विरुद्ध पुष १३ गते देशैभर विरोध प्रदर्शन गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको प्रस्तावमा बैठकले सर्वसम्मत निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘आजको बैठकको शुरुमै पार्टीका सभापति शेरबहादुर देउवाले पुष १३ गते सोमबार १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गर्ने भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएर बैठकले निर्णय गरिसकेको छ ।’

    कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध पुष १३ गते देशका १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

    कांग्रेसले प्रधानन्त्री ओलीको यो कदम असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष सहित विरोध प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

    यस्तै पार्टीमा कोही आन्दोलनको पक्षमा र कोही निर्वाचनको पक्षमा भन्ने खालको विवरणहरु विभिन्न सञ्चार माध्यममा आएको र त्यसमा सत्यता नरहेको पनि प्रवक्ता शर्माले बताउनुभयो ।

    व्यक्तिगत रुपमा कुनैपनि नेताले आफ्नो विचार राख्नु भएपनि पार्टीले संसद विघटनको विरुद्धमा निर्णय गरिसकेको बताउनुभयो । पार्टीमा धेरै किसिमका धारणा आउने र तीनै धारणाहरुको बिचबाट उपयुक्त धारणा निर्माण गर्ने पनि प्रष्ट पार्नुभयो ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.