Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»गुर्जोको बिरुवा निःशुल्क वितरण गरिने

    गुर्जोको बिरुवा निःशुल्क वितरण गरिने

    गण्डकी खबरगण्डकी खबर१४ पुष २०७७, मंगलवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।  कोरोना भाइरसको सङ्क्रमणबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति गुर्जोको एक लाख ५० हजार बिरुवा देशभर निःशुल्क वितरण गरिएको छ ।

    पाँच हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमितलाई गुर्जोको धुलो वितरण गरिएको छ । आन्तरिक राजस्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटले गुर्जोको बिरुवा र धुलो देशभर निःशुल्क वितरण गर्नुभएको हो । गुर्जोको धुलोसँगै गुर्जोबाट बनेको चिया पनि वितरण गरिएको उहाँले बताउनुभयो । देशभर औषधीजन्य वनस्पतिको बिरुवा र त्यसबाट बनेको धुलो एवं चिया वितरण गरेर मानवीय सेवाको उत्कृष्ट नमूना प्रस्तुत गर्नुभएका अभियानकर्मी राजलवटलाई आयुर्वेद पञ्चकर्म हेल्थ होम एण्ड रिसर्च प्रालि, बनेपा, काभ्रेपलाञ्चोकको भवन उद्घाटनका क्रममा सम्मान गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अभियानकर्मी राजलवटलाई सम्मान गर्नुृभएको हो ।

    कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकालले जडीबुटी उद्योग विस्तारमा प्रोत्साहन गरिनुपर्ने बताउनुभयो । सो अवसरमा सम्मानित व्यक्तित्व राजलवट, योग गुरु रुवेन तौजले, राष्ट्रिय योजना आयोगका सहसचिव एवं योग गुरु किशोर जोशी, महासङ्घका केन्द्रीय सदस्यलगायतले आयुर्वेदको महत्वका विषयमा प्रकाश पार्नुभयो ।

    कार्यक्रममा उपस्थित सबैलाई ५०० गुर्जाेको बिरुवा वितरण गरिएको थियो । यसैगरी गुर्जाेसहितको धुलो औषधि, गुर्जाेको काँडा र चियाका प्याकेटसमेत वितरण गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.