काठमाडौँ: अभिनेत्री प्रियंका कार्कीले माल्दिभ्समा आफ्नो जन्मदिन मनाएकी छन् ।
माल्दिभ्स रहेका प्रियंका र उनका पति आयुष्मान देशराज जोशीले एक अर्कासँग प्रेम साट्दै गरेको तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरेका छन् ।
प्रियंकाको जन्मदिन र वैवाहिक वर्षगाँठ मनाउन माल्दिभ्स पुगेका प्रियंकाले पति आयुष्मानलाई जन्मदिन र वैवाहिक वर्षगाँठलाई भब्य बनाइदिएकोमा धन्यवादसमेत दिएकी छन्।