पोखरा,२३ जेठ । दराज नेपालले पोखरामा पहिलो पटक विक्रेतासँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
‘दराज एक्यूजिशन, इन्कुवेशन एण्ड सेलर इन्गेजमेन्ट टीम’ को अगुवाईमा आयोजित एक दिने कार्यक्रममा डेढ सय विक्रेताहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
तीन वटा सत्रमा विभाजन गरी सञ्चालन भएको कार्यक्रममा विक्रेताहरूलाई दराज प्लेटफर्ममा सफल हुनको लागि ज्ञान र उपकरणहरू प्रदान गरेको दराजको भनाइ छ ।
कार्यक्रममा तीन अनुभवी विक्रेताहरूले आफ्नो अनुभव र सुझावहरू प्रस्तुत गरेका थिए । त्यसमध्येका नविन अधिकारीले ११.११ अभियानमा पोखराबाट एकैदिन १८ सय भन्दा बढी अर्डर बिक्री गरेको जानकारी गराए ।
दराजले यससँगै भरतपुर, बुटवल र विराटनगर लगायतका नेपालका प्रमुख सहरहरूमा बिक्रेता अन्तरक्रिया कार्यक्रम जारी राख्ने बताएको छ ।
विगत पाँच वर्षदेखि संचालनमा रहेको दराज नेपालमा १८ हजार भन्दा बढी बिक्रेताहरू रहेको र प्रति महिना १५ लाख सक्रिय एप प्रयोगकर्ताहरू रहेको दाबी गरेको छ ।