काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको सभापति दोस्रोपटक निर्वाचित शेरबहादुर देउवाले २५५५ मत प्राप्त गरेका छन् ।
अब २८४ मत गन्न बाँकी रहेको अवस्थामा देउवाले प्रतिद्वन्द्वी शेखर कोइरालासँग ८६२ मतको अन्तर कायम गरेका छन् ।
४२७८ मतगणना गर्दा देउवाले २५५५ मत पाएका छन् भने शेखरले १६९३ मत पाएका छन् । ३० मत बदर भएको छ ।
देउवालाई जितका लागि २२८२ मत आवश्यक थियो ।